arrow

‘नेकपा मिले पनि ‘दिल’ मिलेको छैन, योगेशजीहरुले पुरानै एमाले मागिसक्नुभो’

'राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गइ सक्यो'

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
arjun-narsingh-kc-smile.jpg.jpeg

बुटवल । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता यन्त्रीक मात्र भएको बताएका छन् । सोमबार बुटबलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता केसीले भने ‘सत्तारुढ नेकपा दल मिलेपनि दील मिलेको छैन, योगेशजीहरुले त पुरानै एमाले मागीसक्नु भो ।’

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री  केसीले भने ‘राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गइ सक्यो ,अब  भोलीका दिनमा ,सिंहदरबार,टुडिखेल कसरी सुरक्षीत हुन्छ,जो सुकै भएपनि सरकारले ढृढताका साथ कारबाही गरोस् ।’ सरकार ३३ केजी सुन,बुढिगण्डकी,वाइडवढी,फोर जी ,बालुवाटारको जग्गा, निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णत फेल भएको उनको भनाइ छ ।

‘कसैले सरकारको बिरोधै गर्न नपाउने ,लेख्नै नपाउने,बोल्नै नपाउने लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपुरक हुन् ।’उनले भने ‘संचार बिधेयकले सूचना रोक्ने र देशलाइ संकुचन गर्ने काम गर्यो ।’

राष्ट्रिय सुरक्षा बिधेयकले राष्ट्रको हित गर्दैन सरकारले शैनिक परिचालन हुन सक्ने बाटो देखाएको छ । ‘प्रधानमन्त्री शक्तिको भोग र शक्तिमा मात्रै केन्द्रित भएका छन्,अधिकार आफैमा केन्द्रित गरेर अधिनायकबादको यात्रामा लागे । ’ उनको आरोप छ ।

‘गधा धोएर गाइ बन्दैन छर्लङ्गै छ ,सरकार अधिनायकबादको बाटोमा हिडेको छ ’केसीले भने ।‘कुनैपनि नेपालीले सहज नागरिकता पाउनुपर्छ,तर बिदेशीले नागरिकलाइ नागरिकता बाड्नु गलत हो,यस्मा राज्य संबेदनशील भएन,सर्वोच्चले रोके ठिक गर्यो ,गृहको आदेश सर्बथा अनुचित थियो  ।

केसीले ब्याक्ति भन्दा पार्टी पार्टी भन्दा राष्ट्र ठूलो भएको बताए  । उनले ठिक समयमा महाधिबेशन हुनुपर्ने भन्दै आउने चैत्र, बैसाख वा जेठमा महाधिबेन गर्नैपर्छ ,म्याद थपिए कांग्रेस झन् कमजोर र दुर्घटनामा फस्छ’ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ