arrow

खुकुरी हानेर साथी हत्याको प्रयास, आफैले पुर्‍याए अस्पताल

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ वैशाख ९ सोमबार
khukuri1.jpg

पाल्पा । जिल्लाको रैनादेवी गाउँपालिका ८ डुँग्री खोलामा खुकुरी प्रहारबाट साथीको हत्याको प्रयास भएको छ । सोमबार अर्घाखाँचीका एक युवालाई आफ्नै साथीले खुकुरी प्रहारी गरी हत्याको प्रयास गरेका हुन् ।

अर्घाखाँचीको छत्रदेव ४ केरुङ्गाका कैलाश भुसाललाई सोही ठाउँका सुवास भुसालले खुकुरी हानेर हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायक उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

घाइते कैलाशको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उपरिक्षक सापकोटाले बताए । कैलाशको बाँया हात र गर्धनमा गहिरो चोट लागेको छ ।  हत्या प्रयास गर्ने सुवासले नै एम्बुलेन्समा कैलाशलाई अस्पताल पुर्‍याएका थिए ।

 प्रहरीले सुवासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । कैलाश र सुवासको दाजुभाइ नातासमेत पर्छ । उनीहरु दुबैजना  लु २१ प ७३२ नम्वरको मोटरसाइकलमा अर्घाखाँचीबाट रुपन्देहीको बुटवल जाँदै गरेका थिए । रुपन्देही र पाल्पाको सिमानामा पर्ने डुँग्री खोलामा कैलाशको हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले खुकुरी बरामद समेत गरेको छ । उनीहरु दुवै जना  आईतबार घरबाट बुटवल जान हिडेका थिए । घटना लगत्तै पाल्पा, अर्घाखाँची, रुपन्देही जिल्लाका प्रहरीहरु घटनास्थल पुगेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ