arrow

सभापति देउवाको रवैयाबारे गगन थापाको प्रतिक्रिया

‘उहाँले सच्याउन सक्नुभयो भने ठीकै छ नसच्याए महाधिवेशनसम्म यो विषय उठिरहन्छ’

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
gagan-thapa-kamalpokhari.jpg

काठमाडौं । नेपाली काँग्रेसभित्र विधानको विषयलाई लिएर विमति कायमै छ । नयाँ विधान आइसकेको छ । यही विधान लिएर राष्ट्रिय जागरण अभियानका लागि नेताहरु जिल्लाजिल्लामा जाँदैछन् । 

महासमिति बैठकले दिएको म्यान्डेट अनुसार गरिएको भए यो विवाद हुँदैनथियो । यसकै कारण विवादबीच केन्द्रीय प्रतिनिधिहरु पार्टीको एजेन्डा र विभिन्न १५ बुँदा लिएर जनजनमा जाँदैछन् काँग्रेस नेताहरु । 

यसैबीच काँग्रेस केन्द्रीय सदस्य गगन थापाले महासमितिको बैठकले जे आदेश दिएर पार्टीलाई पठायो त्यो पार्टी सभापति शेरबहादुर देउवाले नमानेको आरोप लगाएका छन् ।  

उनले भने, ‘यसलाई लुकाएर लुक्दैन । हामीले फरक मत लेखेका छौं । हामी हाम्रो पार्टीलाई कसरी संचालन गर्ने भनेर लागिरहेका छौं । यो कुनै विद्रोह हैन ।’ 

अगाडि भने, ‘पार्टीको विधानमा भएको बुँदाले फाइदा गरेन भनेरै महासमितिले निचोड निकालेको हो । तर आफूलाई फाइदा हुने बुँदामात्र मिलाउने काम गर्नु गलत हो । महासमितिले भनेपछि सभापतिले मान्नुपर्दथ्यो । महासमितिले सभापतिलाई जिम्मा दिन सक्छ । त्यही जिम्मा दिएको थियो । तर सभापतिले अरु सदस्यहरुको मानमर्दन गरेर आफू सुहाउँदो विधान बनाउन पाइँदैन ।’ 

नेता थापा भन्छन्, ‘उहाँले सच्याउन सक्नु भयो भने ठीकै छ नसच्याए महाधिवेशनसम्म यो विषय उठिरहन्छ ।’

पार्टीले बुधबारदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्दैगर्दा यो विषय पनि नेता तथा कार्यकर्तामा पुग्ने देखिएको छ । नेता थापाले पनि यो विषयलाई सुनाउँदै र बुझाउँदै हिँड्ने बताउँदै भने, ‘हिजो फरक मत लिएर साथीहरुमाझ जानुस् भन्ने अनि आज मत लिएर जान खोज्दा किन आत्तिने ?’

काँग्रेसभित्र किचलो भएको हो त भन्ने प्रश्नमा नेता थापाले ‘हामी पार्टीका विषयहरु राख्दै पनि जान्छौं, राष्ट्रिय एजेन्डा लिएर जान्छौं, पार्टीभित्र विचारको मन्थन हुन्छ नै, यो ठूलो मुद्दा हैन’ भने ।

साढे दुई वर्ष महाधिवेशन नगर्ने हो भने स्थानीयदेखि प्रदेशका संरचना बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।

आन्तरिक संरचना पनि तयार नगर्ने र महाधिवेशन पनि लम्ब्याउने हो भने त्यो सह्य नहुने चेतावनी नेता थापाले सभापति देउवालाई दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ