arrow

जीपको ठक्करबाट बृद्धाको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
Dead_Body.jpg.jpeg

बेझाड । रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एक वृद्धाको मृत्यु भएको छ । मंगलबार बिहान ग २ च ३०९४ नं को बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।

मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ ।

इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा  मियाँलाई जीपले ठक्कर दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ