arrow

ससुराली आएका श्रीमतीलाई ढुङ्गाले हान्दा मृत्यु

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
dhunga.jpg

बेझाड । पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको मृत्यु भएको हो ।मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ