arrow

कांग्रेस पूर्व कोषाध्यक्ष ताम्राकारको निधन, जागरण अभियान सर्ने

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
ramkrishna-tamrakar.jpg

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिती गंभिर भएपछि आईसीयुमा भर्ना गरिएको थियो । करिब दुई हप्ता अघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

निमोनिया समेत भएका उनको  स्थिती अझ गंभिर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो । ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।  

ताम्राकारको निधन लगतै नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको आकस्मिक बैठक बस्ने भएको छ । साझ ६: ३० बजे केन्द्रीय कार्यलय सानेपामा बस्ने बैठकले ताम्राकारको निधनमा शोक व्यक्त गर्दै पार्टीका सबै कार्यक्रमहरु ३ दिनसम्म स्थगीत गर्ने तयारी गरेको छ ।

पार्टी कार्यलय स्रोत अनुसार ११ गतेबाट सुरु हुने कांग्रेसको राष्ट्रिय जागरण अभियान तीन दिन पछि सर्नेछ । संभवत १४ अथवा १५ गतेबाट जागरण अभियान सुरु हुने बताइएको छ । पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुदा तीन दिन पार्टी कार्यलय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट सुरु हुने कार्यक्रम प्रभावित हुने भएको हो ।

ताम्राकार बिस. २०४८ र ५६मा रुपन्देही-२ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ