arrow

बैतडीमा ८३ जनाले बुझाए हतियार

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
hatiyar.jpg

बैतडी । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र हालसम्म यहाँ ८३ हतियार सङ्कलन भएको छ । सङ्कलित सबै भरुवा बन्दुक वैध रहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको समूलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन गत चैत १ गते ३५ दिने सूचना जारी गरेको थियो ।

 गृह मन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन यही वैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको थियो ।

जिल्लामा एक हजार ४३ भरुवा बन्दुक र ५८ बारबोर हतियार लाइसेन्स प्राप्त रहेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गजेन्द्र चन्दले जानकारी दिए । लाइसेन्स प्राप्त हतियारमा भरुवा बन्दुक स्थानीय तहमा नवीकरण हुने गर्दछ भने बारबोर जिल्ला प्रशासनबाट नवीकरण गरिन्छ ।

अवैध राखिएका हातहतियार तोकिएको मितिमा नबुझाए कानूनअनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। गत फागुन २८ को मन्त्रिपरिषद्को बैठकले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न रहेका व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी  गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ