arrow

भुकम्प गएको ४ बर्ष पुग्दा ५० प्रतिशत मात्रै निजी आवास निर्माण सम्पन्न : थप करिव ४ सय २९ अर्ब रकम आवश्यक

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
earthquake-victim-2072.jpg

काठमाडौं। भुकम्प गएको ४ बर्ष पुग्दा ५० प्रतिशत मात्रै निजी आवास निर्माण सम्पन्न भएको छ। सरकारले सबैभन्दा बढी प्राथमिकता दिएको निजी आवासको पुर्ननिर्माण लक्ष्यको तुलनामा कमै मात्र सम्पन्न भएको हो। 

निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको जनाए पनि पुर्ननिर्माण सम्पन्नको हिसाबले ५० प्रतिशत मात्रै सकिएको भुकम्प गएको ४ बर्षको पुर्वसन्ध्यामा जानकारी गराएको हो। अनुदान सम्झौता गरेका करीब साढे सात लाख घर मध्ये ६ लाख घरको पुनर्निर्माणको प्रक्रियामा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

जसमध्ये ५० प्रतिशत अर्थात पौने ४ लाख घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरिसकेको प्राधिकरणले दाबी गरेको छ। यसैगरी ३० प्रतिशत अर्थात २ लाख ३० हजार घर पुनर्निर्माणका क्रममा रहेको छ। 
२०७२ साल वैशाख १२ गतेकोे भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्‍याएको क्षति पश्चात प्राधिकरणले निजी आवाससंगै शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ।

भूकम्पबाट साढे सात हजार विद्यालय क्षति भएकोमा ५९ प्रतिशत अर्थात ४ हजार ४ सयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने करीब २ हजार विद्यालय पुनर्निर्माणको क्रममा छन्।

यसैगरी, स्वास्थ्य संस्थाको पुनर्निर्माण पनि करीब ६६ प्रतिशत उपलब्धी हासिल भएको जनाएको छ। जसमा ५४ प्रतिशत अर्थात ६सय ४३ को पुनर्निर्माण सम्पन्न भएको छ भने १२ प्रतिशत अर्थात १ सय ४५ पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ। 

पुरातात्विक सम्पदा ३० प्रतिशत मात्रै पुननिर्माण सम्पन्न 
पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा ३० प्रतिशत मात्रै पुननिर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन्। भूकम्प अति प्रभावित जिल्लामा  ५९ प्रतिशत उपलब्धी भएको दाबी गरेपनि समग्रमा ३० प्रतिशत मात्रै सम्पन भएकाले यसमा खासै प्रगति हुन सकेको देखिदैन।

पुरातात्वीक सम्पदा पुनर्निर्माणका क्रममा कलात्मकताको जगेर्ना, प्राचीन निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग यसको सम्बन्ध लगायतका मुद्दाले सम्पदा पुनर्निर्माणको कार्य सबैभन्दा जटिल र धेरै समय लागेको प्राधिकरणको बुझाई छ। 

तैपनि पुनर्निर्माणका क्रममा उठेका मुद्दाहरुलाई सम्बोधन गर्दै रानीपाखेरी, धरहरा, काष्ठमण्डप लगायत काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएको प्राधिकरणको दाबी छ। 

गुम्बाहरु पुनर्निर्माणको लागि कार्यविधि तय गरी डिजाइन कार्य बल्ल भइरहेकोले गुम्बाहरुको भने  पुनर्निर्माण सुरु हुन सकेको छैन।

सरकारी भवनको पुनर्निर्माणमा भने ९८ प्रतिशत उपलब्धी हासिल गरेका छन। ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणको दाबी छ। 

थप करिव ४ सय २९ अर्ब रकम आवश्यक
पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल ९सय ३८ अर्ब रकमको आंकलन गरिएको थियो। जस मध्ये आर्थिक वर्ष ०७४-७५ सम्म कुल १ सय ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा १ सय २३ अर्ब खर्च गर्ने लक्ष्य लिइएको छ। 

यस्तै गरी सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिव २ सय अर्ब परिचालन हुने अपेक्षा गरेका छौं। यस हिसाबले अब पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव ४ सय २९ अर्ब रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ