arrow

दुई वटा भूकम्पका धक्का, मापन ५.२ र ४.३ रेक्टर स्केल

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
earthquake-FNL-new.jpg.png

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासमा बुधबार बिहानै भूकम्पले झस्काएको छ । 

बिहान ६ः२९ बजे धादिङको छित्लाङ नजिकै केन्द्रबिन्दू बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

त्यसको ११ मिनेटपछि ६ः४० बजे फेरि धादिङको नौबिसे नजिकै केन्द्रबिन्दू बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । 

यो भूकम्पले पुर्याएको क्षतिको विवरण आइ नसके पनि यसले स्थानीयलाई धेरै झस्काएको छ । 

२०७२ सालको गोरखा भूकम्प सम्झाउने गरी दुई वटा भूकम्पको धक्का गएको हो । 

०७२ सालमा बैशाख १२ गते भूकम्प गएको थियो भने अहिले ११ गते भूकम्प जाँदा जनमानस झस्किएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ