arrow

भ्रष्टाचार बढ्यो,नागरिकता बिधेयकमा सरकार चुक्यो : मोहनबिक्रम

logo
प्रदिप आचार्य,
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
mohan_bkrm.JPG

बुटवल । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् ।

‘निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाइ कारबाहि नगर्ने, राष्ट्रियता बिरुद्धमा नागरिकता बिधेयक ल्याउने कामले सरकार असफल भयो ।’ रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा बिहिबार आयोजित साक्षात्कारमा उनले भने ।

महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्रका बिषयमा सरकारको नीति स्पष्ट भएको बताए तर  यो सरकार राष्ट्रियताको अडानले सत्तामा आएको स्मरण गर्दै अहिले राष्ट्रियता कहा हरायो  ? भन्दै प्रश्न गरे ।

उनले भने-‘राष्ट्रियताको बिषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको छ ,नागरीकता बिधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उठाएको छ ।’

यो सरकार अपदस्थ बनाउने चर्चा चलिरहेको भन्दै उनले आफ्नो पार्टी त्यसमा सहमत नभएको बताए । नेपालको रााष्ट्रियता, सार्बभौमिकता र अखण्डतामा  भारतीय बिस्तारबादबाट खतरा रहेको उनको दाबि छ । सरकार कमजोर बन्दा गणतन्त्र बिरोधी शक्तिहरु चलखेल गरिरहेको उनको दाबि छ ।

संघीयताले मुलुकलाई बलियो नभई कमजोर बनाउने भएकाले संघीयतासंगै प्रदेश सरकार खारेज गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ । सरकारले भुमाफियालाइ कारबाहि गर्न नसके समृद्धि प्राप्त हुन नसक्ने बताउदै सरकारी जग्गा हडप्नेलाइ तत्काल कानुनी कारबाही गर्नुपर्ने उनको ठहर छ ।

सरकारले सिके राउतसंग ११ बुदे सहमति गर्नु सकारात्मक भएपनि जनमत संग्रह गरेर मुलुक बिभाजन गर्न नसकिने प्रष्ट पारे । गणतन्त्र र धर्मनिरपेक्षता कायमै रहनु पर्ने भन्दै सिंहले गणतन्त्रबादीहरु एक हुनुपर्ने बताए ।

‘विप्लव नेकपामा माओवादीको अवषेश कायमै रहेकाले विप्लवको एजेन्डा प्रष्ट हुनुपर्ने समेत बताए । शान्तीपूर्ण आन्दोलन हो वा सशस्त्र प्रष्ट गरौं । ’ उनी भन्छन्- पूर्व एमाले, माओवादी एकताको स्वागत छ तर समाजवाद उन्मुख नीति भएपनि तत्काल समाजवादमा जान संभवै छैन ।’

क्लवका रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा  महामन्त्री सिंहले मसालले १ बर्षभित्रै महाधिबेशन गर्ने र फरकढंगले पार्टी अगाडी बढाउने समेत जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ