बेल्जियमको विवाद मिलाउन कांग्रेस महामन्त्री कोइरालाले चाले कडा कदम
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
266
Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले जनसम्पर्क समिति बेल्जियमको बिषयमा आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले गरेको निर्णय उल्टाइदिएका छन्। कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पौडेललाई जनसम्पर्क समिति वेल्जियमको पाचौ अधिवेशन गर्न पार्टीको तर्फबाट प्रतिनिधि बनाएर खटाइएको थियो।
तर प्रतिनिधि पौडेलले अधिवेशनबाट नयाँ नेतृत्व चुन्न नसकेपछि बिवाद माथि बिवाद थपिएको थियो। बिधान र जिम्बेवारीलाई भुलेर प्रतिनिधि पौडेलले नयाँ तर्दश समिति बनाए पछि वेल्जियममा झन बिवाद बढेसगै बिवाद सुल्झाउन महामन्त्री कोइरालाले कडा कदम चालेका हुन्।
महामन्त्री कोइरालाले यस अघिका सभापति सीता सापकोटाको नाम पठाएको पत्रमा त्यहाको तोकिएको अधिवेशन स्थगित गर्न र थप संगठनिक अवस्था बुझि आन्तरिक असमझदारीको अन्त्य गरी अधिवेशनको वातावरण बनाउन निर्देशन दिएको बताएका छन्। तर निर्देशन बिपरित प्रतिनिधि पौडेलले एकलौटी ढंगले नयाँ तदर्श समिति बनाएका पछि रुष्ट बनेका महामन्त्रीले उनले गरेको निर्णय नै खारेज गरिदिएका छन्।
आमन्त्रित केन्द्रीय सदस्य पौडेलले गरेको निर्णयलाई सदर गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले समेत वेल्जियमको नयाँ तदर्श समितिलाई पत्रचार गरेका थिए । तर महामन्त्रीले मुख्य सचिवले २०७६ बैशाख १० च. न. २३२ को मा पठाएको पत्र बिधानको धारा २७१ को प्रतिकूल रहेको जनाएर उनको पत्र समेत खारेज गरिदिएका छन्। साथै महामन्त्रीले यस भन्दा अगाडि जनसम्पर्क समिति बेल्जियमको सभापति रहेकी सीता सापकोटाको नाममा पठाएको पत्रमा पुन: अधिवेशनको लागि तयारी पुरा गरी केन्द्रीय समितिमा प्रतिनिधि पठाउन माग गरि पत्रचार गर्न समेत निर्देशन दिएका छन्।