arrow

मनाइँदै विश्व बौद्धिक सम्पत्ति दिवस

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
property-day.jpg

काठमाडौं । अप्रिल २६ । विश्व बौद्धिक सम्पत्ति दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी विश्वका करीब २ सय मुलुकले यो दिवस मनाउँदैछन् । 

विश्व बौद्धिक सम्पत्ति संगठनको यो वर्षको नारा ‘स्वर्ण वर्षाका बुँद बौद्धिक सम्पत्ति र खेलकूद’ (रिच फर गोल्ड – आई पी एन्ड स्पोर्ट) रहेको छ । बौद्धिक सम्पत्तिका उपलब्धिले गर्दा राष्ट्रिय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय जुनसुकै स्तरको खेलकूद भए पनि आर्थिक लाभका हिसाबले खेलाडीहरूका लागि पनि अत्यधिक फाइदा जनक छ । 

जीवनभर आफूसंगै हुने बौद्धिक सम्पत्तिबारे सजग गराउन यो दिवस मनाउने गरिएको हो । हरेक दैनिक गतिविधिमा यसले भूमिका खेलेको हुन्छ । 

जुनसुकै पेशा वा क्षेत्रका लागि यो महत्वपूर्ण छ । फेरि विज्ञान र प्रविधिको दुनियाँमा सबैले आफू नै जान्ने हुनु जरुरी छ । जानकारी नभएको बताउँदा लज्जित हुनुपर्ने अवस्था पनि आउन सक्छ । 

यसपटकको नारालाई जोड्दा नेपालमा अझ पनि सार्थकता र सशक्तता अपनाउन सकिन्छ । हालैमात्र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश नम्बर ५ मा सकिएको छ भने दुई वर्षभित्र नवौं संस्करण गण्डाकी प्रदेशमा हुनेछ । 

१३ औं दक्षिण एसियाली खेलकुद सागको आयोजना नेपालले गर्दैछ । यो प्रतियोगिता गत वर्ष नै आयोजना हुनुपर्ने थियो । तर त्यही बौद्धिकता सरकारले अपनाउन नसक्दा सागको तयारी हुन सकेको छैन । 

हुनत कानुनी रुपले आफ्ना कुनै सृजनात्मक क्रियाकलापका लागि सम्बद्ध व्यक्तिले राज्यबाट प्राप्त गरेका कानूनी एकाधिकारहरूलाई बौद्धिक सम्पत्ति मानिन्छ । 

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव मधुसुदन पौड्यालका अनुसार कानूनमा व्यक्तिको निजी अधिकार महत्त्वपूर्ण हुन्छ । पेटेन्ट, औद्योगिक डिजाइन, ट्रेडमार्क, प्रतिलिपि तथा प्रस्तोताका अधिकार, भौगोलिक संकेत वनस्पति प्रजाति संरक्षण, व्यावसायिक गोपनीयता संरक्षण आदि जुनसुकै रूपमा स्थापित अधिकार भए पनि त्यसलाई बौद्धिक सम्पत्ति नै भनिन्छ ।

आजकल बौद्धिक चोरीसमेत बढिरहेको सन्दर्भमा यो दिवस निकै फलदायी देखिने बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ