arrow

नेकपा एकता पञ्चवर्षीय योजनामा, ओली–प्रचण्डको मित्रतामा माधव नेपाल भारी

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
oli-prachanda-cartoon.jpg

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको एक वर्ष पुग्न तीन हप्ता मात्र बाँकी छ। गत वर्षको जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। २०७४ को असोज १७ गते भएको चुनावी एकताले सफलता पाएपछि मतदाता र कार्यकर्ताको दवावले पार्टी एकताको प्रसंगले मूर्तरुप लिएको हो। एमाले–माओवादी गठबन्धनले चुनावमा बहुमत पायो। 

तर जेठ ३ को त्यो एकताले अहिलेसम्म एकतालाई भने पूर्णता दिन सकेको छैन। जेठ ३ मा भएको भाषणवाजीमा नेताहरुले त्यसको तीन महिनाभित्रै सबै एकता भइसक्ने जनाएका थिए। त्यसलाई त नेताहरुले भुलिसके होलान्। किनकि अहिलेसम्म एकताले पूर्णता पाएको छैन। पछिल्लो समय गत बैशाख ९ गते सोमबार नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसका दिन सबै तह र तप्कामा एकता हुने भन्दै नेताहरुले केही महिनादेखि नै प्रचार गरिरहेका थिए। 

त्यो पनि पूरा गरेनन्। केबल जिल्लाका अध्यक्ष र सचिवको मात्र भागबण्डा लगाइयो। गुट उपगुट लगाइयो। यतिसम्म गरियो कि एमालेलाई कति र माओवादीलाई कति भन्ने भाग लगाइयो। त्यतिसम्म त ठीकै थियो। एमालेका तत्कालीन अध्यक्ष एवं वर्तमान नेकपाका दुई मध्ये एक अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पूर्व पार्टीका इतर पक्षका नेता माधवकुमार नेपालका नेताको नेतृत्वमा रहेको जिल्लामा माओवादीका तत्कालीन अध्यक्ष एवं वर्तमान नेकपाका अर्का अध्यक्षको भागबण्डामा अध्यक्ष पारेर आफ्नोतर्फ सचिव पारे। 

सम्भवतः यसकै कारण माधव नेपाल निकै रुष्ट भए। त्यसैले त उनले एकताको भाषणयुक्त कार्यक्रमसमेत बहिस्कार गरे। ओली र प्रचण्डले बोल्नुअघि नै माधव नेपाल कार्यक्रम छाडेर बाहिरिएका हुन्। नेपालमाथि समानान्तर समिति बनाइरहेको आरोप थियो। त्यो आरोपमाथि ओली र प्रचण्डले जमेर प्रहार गरे। त्यही प्रहार सहन नसकेर नेपालले कार्यक्रम छाडेर बाहिरिएका हुन्।

यो कार्यक्रमपछि नेकपामा फुटको राजनीति सुरु भएको आँकलन गरिएको छ। समानान्तर समिति गठन गरेको आरोप खुलेआम नै प्रचण्डले घुमाउरो पाराले लगाएपछि माधव नेपाललाई थप चुनौती थपिएको छ। सम्भवतः जसरी फुट्न सजिलो छ जुट्न कहाँ। ७० वर्षको नेपाल कम्युनिष्ट पार्टीको करियरमा गुटपछि फुटको राजनीति हावी भएको छ। 

फेरि फुट्दा के फरक पर्ला ? 
फेरि जब समकक्षीलाई माइनस गर्ने परम्परा बसिरहन्छ तब गुट बनाएर फुटको यात्रामा लाग्नुको विकल्प रहँदैन। ठूला दुई दलहरुबीच एकता भएपछि कम्युनिष्टहरु फुट्नमात्र होइन जुट्न पनि सक्छन् भन्ने सन्देश दिए पनि त्यसले मूर्त रुप लिन नसक्दा र गुटबन्दी चलिरहँदा रोग सजिलै निको नहुने स्पष्ट भएको छ। जसरी एकता प्रक्रिया बिस्तारै बिस्तारै लम्बिएको छ त्यसले कतै पञ्चवर्षीय योजना अन्तर्गत अगाडि बढिरहेका त छैनन् भन्ने आँकलन गर्न थालिएको छ। 

एउटा अध्यक्षले सत्ता पनि चलाउने र पार्टी पनि चलाउने भएपछि त्यसै पनि ओलीसंग प्रचण्ड पक्ष रुष्ट छ। त्यसमाथि तेस्रो धारका रुपमा चट्टाने खम्बा बन्दै अगाडि उभिएका माधव नेपालले पार्टी भित्रको शक्ति पृथकीकरणमा विशेष दवाव दिने बताइएको छ।

सचिवालयमा एक्लिएका भए पनि नेपालका स्थायी कमिटिमा भने धेरै सदस्य छन्। पोलिटव्यूरो बन्न बाँकी नै रहेका बेलामा माधव नेपालले नेतृत्वसंग बार्गेनिङ गर्नेछन्। यद्यपि ओलीले निषेधको राजनीति गर्दै जाने हो भने एकता सजिलै हुने सम्भावना न्यून छ।

ओलीले सरकार र पार्टी एकता संचालन गर्दै जाँदा पाँच वर्षे सत्ता नेतृत्वको कार्यकालसंगै कतै पार्टीलाई पनि पञ्चवर्षीय योजना अन्तर्गत धकेल्ने त हैनन् ? अनि प्रचण्डले प्रतिक्षा गर्दागर्दा थकित हुने सम्भावना बढी नै छ।

किनकि कुनै समय माधव नेपालसंग निकट रहेका प्रचण्डले हाल आएर ओलीलाई समातेका छन्। अर्काको फेरो समात्नेका योजना भत्किने हो भने प्रचण्ड सोच पनि भत्किने छ। अनि एकताको योजना फेरि पछाडि धकेलिने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ