arrow

बेल्ट एण्ड रोड फोरममा मुस्कुराउँदै नेपाल

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
nepal-Beijing.jpg

बेइजिङ । दोस्रो बेल्ट एण्ड रोड फोरममा मुस्कुराउँदै वरिष्ठ नेता माधव कुमार नेपाल ।   बेइजिङमा शुक्रबार आयोजित  दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड फोरममा  पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उद्योग  वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत नेपाली प्रतिनिधिमण्डलका सदस्य पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छन् । अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको शुक्रबार यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन् ।

उनले नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्ट गरिन् । “अबको उद्देश्य भनेको जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउने हो”, उनले भनिन् ।   नेपाल–चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक सञ्जालको विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्ने धारणा उनले व्यक्त गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ