arrow

ट्राफिकले २३८० मोटरसाईकलहरुलाई सडकमै ५ मिनेट के पढाए ? 

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
traffic1.JPG

काठमाडौं । ट्राफिक प्रहरीलाई जाँगर चलेपछि विभिन्न किसिमको रचनात्मक काममा पनि सक्रिय भएको देख्न सकिन्छ । यसैक्रममा उपत्यकामा हुने सवारी दूर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले आफ्नो सक्रियता देखाएका छन् । यसअघि ट्राफिक प्रहरीले यस्तै सचेतनामूलक कक्षाहरुसँगै प्रदूषण परीक्षणमा पनि यस्तै सक्रियता देखाएको थियो ।

शुक्रबार विभिन्न स्थानमा ट्राफिक प्रहरीहरुले दुई पाँग्रे सवारीहरुलाई सडकमा नै रोकेर ट्राफिक सचेतनाको कक्षाहरु सञ्चालन गर्न थाले । लेन अनुशासन, गतिको सीमितता त्यस्ता विषयमा नै ट्राफिक प्रहरीहरुको ध्यान बढी थियो । उनीहरुले विभिन्न सचेतनामूलक जानकारीहरु दिएपछि हरेक मोटरसाईकलमा ट्राफिक सचेतना सम्बन्धी स्टीकरहरु समेत टाँसेर पठाएका थिए । 

ट्राफिक महाशाखाका अनुसार शुक्रबार मात्रै उपत्यकाको विभिन्न स्थानहरुमा २३८० वटा दुई पांग्रे सवारी चालकहरुलाई पाँच मिनेटको ट्राफिक सचेतना सम्बन्धि जानकारी गराई स्टिकर तथा पर्चा पम्पलेट समेत प्रदान गरिएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ