arrow

प्रताप पौडेल ग्लोबल युथ लिडरसिप अर्वाडले सम्मानित

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
Pratab_Paudel.jpg

काठमाडौं। अधिकारकर्मी तथा यूवा अभियन्ता प्रताप पौडेल ग्लोबल युथ लिडरसिप अवार्ड—२०१९ बाट सम्मानित भएका छन् । 

ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौं भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व अर्थमन्त्री रामशरण महतले सयुक्त रुपमा पौडेललाइ अवार्ड सहित सम्मान गरेका हुन् ।

बागलुङ नगरपालिका–१३ पैँयुपाटामा जन्मिएका पौडेल आफ्नो कर्मथलोको रुपमा काठमाडौंलाई केन्द्र बनाएका छन । उनी पूर्व स्वास्थ्यमन्त्री गगन थापाका प्रमुख सल्लाहकारको रुपमा काम गरिसकेका छन् । पौडेलले विभिन्न संघसंस्थामा आवद्ध रहेका काम गरेका छन् । 

पव्लिक पोलिसी पाठशाला अध्यक्ष पौडेलले यसअघि संसदको कृषि तथा जलस्रोत समितिको सल्लाहकार भएर काम गरेका छन्। उनी एम्नेष्टि इन्टरनेशनलका पूर्व उपाध्यक्ष र मानव अधिकार तथा शान्ति समाजका पूर्व युवा संयोजक समेत हुन् ।

कार्यक्रममा पौडेल सहित विभिन्न देशबाट प्रतिनिधित्व गर्दै योगदान पुर्‍याउने व्यक्तिहरु सम्मानित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ