arrow

जन्ती बोकेको ट्याक्टरलाई टिपरले ठोक्यो,  एक जन्तीको मृत्यु, घाइते १० जन्तीमध्ये एक गम्भीर  

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
accident-final.jpeg

पुनर्वास । कैलालीको धनगढी देखि बेलौरी जन्ती बोकेर आउँदै गरेको ट्याक्टर ट्रालीलाई बिपरितबाट आएको टिपरले पुनर्वासको डोकेबजारमा ठोक्दा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ५ बजेतिर धनगढीबाट जन्ती बोकेर आउँदै गरेको से १ त २०६७ नम्बरको ट्याक्टरलाई  से १ क ९८८ नम्बरको टिपरले ठक्कर दिदा ट्याक्टर ट्रालीमा आएका जन्तीमध्ये बेलौरी नगरपालिका ४ की रामकुमारी रानाको मृत्यु भएको छ । 

१० जना जन्ती घाइते भएका छन् । घाइतेमध्ये १ जना गम्भीर घाइतेको धनगढीस्थित सिपि अस्पतालमा उपचार भइरहेको छ भने अन्य ९ जना घाइतेहरुको सेती अञ्चल अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । 

ट्रालीलाई ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ