arrow

राष्ट्रपतिको कार्यकारी शैली अनुपयुक्तः शेखर कोइराला

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
shekhar-koirala.jpg

बाँके । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संबैधानिक हैसियतमा रहेकी राष्ट्रपती बिध्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपती जस्तो गरी बीआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् ।

डा कोइरालाले भने, ' पछिल्ला दिनहरुमा राष्ट्रपतीको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागी शुभ संकेत होइन। जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नु पर्ने हो त्यो काम संबैधानिक राष्ट्रपतीले गर्दै हिडिरहनु भएको छ। यसबाट के सन्देश दिन खोजेको ?'

नेपाली कांग्रेस कोहलपुर नगरसमिती, बाँकेको भेलालाई संबोधन गर्नुहुदै डा कोइरालाले वालुवाटार र टूँडिखेलको जग्गा प्रकरणमा सत्यतथ्य सार्बजनिक गरेर जो दोषी देखिए पनी कारबाही हुनुपर्ने बताए। सरकार, भूमाफिया, राजनितिज्ञ र महानगरपालिकाको मिलेमतोमा वालुवाटारको जग्गा बिक्री गरेको र टूॅडिखेलको जग्गा भाडामा लगाएको कोइरालाले बताए।

कोइरालाले दुई तिहाईको दम्भमा सरकार संस्थागत र संगठित रुपले भ्रष्टाचारमा लिप्त भएको बताए।

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ्ले गरिब नेपालीको रगतपसिना चुसेर राष्ट्रपती र प्रधानमन्त्रीले विलासी जीवन बिताईरहेको बताए। गुरुङ्ले कम्युनिष्टको बर्को ओढेर सिंहदरबारमा बसेर मुलुकमा लुटपाट नमच्चाउन प्रधानमन्त्रीलाई चेतावनी दिए। भ्रष्ट्राचारको चाङमा उभिएर समृद्धिको सपना नदेख्न पनि प्रधानमन्त्रीलाई उनले सुझाव दिए ।

बाँके कांग्रेसका सभापती किरण कोइरालाले प्रतिपक्ष कमजोर भएकाले सरकारका कमिकमजोरी जनतासामु आउन नसकेको बताए। 

ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजय राईले बर्तमान सरकार श्रमिक बिरोधी भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ