arrow

प्रचण्डले भावुक हुँदै भने –पत्रकारले सहयोग नगरेको भए म यहाँसम्म आउने थिइन

पत्रकारको हकहितका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता [ध्यानाकर्षण पत्रसहित]

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
prachanda17.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकारले सहयोग नगरेको भए आफ्नो राजनीतिक करियर यहाँसम्म नआउने बताएका छन् । 

नेपाल पत्रकार महासंघको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले भावुक हुँदै भने, ‘पत्रकारले सहयोग नगरेको भए म यो राजनीतिक स्थितिमा यहाँसम्म आउने थिइन ।’

आफूलाई यहाँसम्म ल्याउन पत्रकारको भूमिका अहम् रहेको स्वीकारेका प्रचण्डले पत्रकार हकहितका लागि आफूले सक्दो सहयोग गर्ने वचन पनि दिएका छन् । 

आइतबार बिहानै ध्यानाकर्षण पत्र बुझाउन गएको महासंघको टोली सामु प्रचण्ड निकै भावुक भएका थिए । 

उनले भने, ‘सरकारसंग पनि यसबारेमा कुरा गर्छु । पार्टीमा पनि तपाईहरुका माग बारे कुरा उठाउँछु ।’

अध्यक्ष प्रचण्डले पार्टीहरुले लोकतन्त्रका लागि एकता गरेर आन्दोलनमा होमिनुपूर्व नै पत्रकार महासंघ सशक्त भएर हकहितका लागि सडकमा ओर्लिएको सम्झना गर्दै लोकतन्त्रमा पत्रकारिताको मर्म मर्न नदिने प्रतिवद्धता पनि जनाएका छन् । 

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । आचार्यले पत्रकारितासंग जोडिएका पछिल्ला घटना परिघटनाबारे जनाएका थिए । 

महासंघका महासचिव रमेश विष्टले ध्यानकर्षण पत्र पढेर सुनाएका थिए । 

महासंघले पत्रकारिता सम्बन्धी जोडिएर बन्दै गरेका कानुनसंगै पछिल्लो समय पत्रकारमाथि भएका ज्यादती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा आएका अभिव्यक्ति लगायतमा गम्भीर हुँदै आइतबारदेखि विभिन्न पार्टीका अध्यक्षहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन थालेको हो । 

महासंघले काँग्रेस सभापति शेरबहादर देउवालाई पनि ध्यानाकर्षण पत्र बुझाउँदै छ । 

पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादति नसहने भन्दै सरकारले आफूहरुका माग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ