arrow

देउवाले पत्रकार महासंघ सामु भने – प्रेस स्वतन्त्रताका लागि कांग्रेस लड्छ

‘लोकतन्त्र र प्रेस स्वतन्त्रताको विरुद्धमा कांग्रेस कहिल्यै जान्न [ध्यानाकर्षणपत्रसहित] 

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
deuba19.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघको आइतबार बिहान १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले भने, ‘काँग्रेस सधै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लड्दै आएको छ । लडिरहन्छ ।’

सभापति देउवाले लोकतन्त्र र प्रेस स्वतन्ताको विरुद्धमा काँग्रेस जान नसक्ने पनि स्पष्ट पारे । 

उनले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार प्रेसप्रति अनुत्तरदायी भएको आरोप समेत लगाउँदै प्रेसमाथिको ज्यादतीप्रति भर्सना समेत गरेका छन् । 

सभापति देउवाले प्रेस स्वतन्त्रताबारे पार्टीभित्र पनि छलफल चलाउने आश्वासन दिएका छन् । 

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको टोलीले देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

महासंघले पत्रकारिता सम्बन्धी जोडिएर बन्दै गरेका कानुनसंगै पछिल्लो समय पत्रकारमाथि भएका ज्यादती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा आएका अभिव्यक्ति लगायतमा गम्भीर हुँदै आइतबारदेखि विभिन्न पार्टीका अध्यक्षहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन थालेको हो । 

पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादति नसहने भन्दै सरकारले आफूहरुका माग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।  

देउवालाई देउवा निवास बुढानीलकण्ठमा ज्ञापनपत्र बुझाउने बेलामा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि संगसंगै थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ