arrow

'सरकार काण्ड मच्चाउनमा व्यस्त'

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
nabindra-raj-Joshi-congress.jpeg

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार काण्ड मच्चाउनमा व्यस्त रहेको जिकिर गरेका छन्।

वर्तमान सरकार होली वाईन काण्ड, सुन काण्ड, निर्मला हत्या काण्ड, फोरजी काण्डलगायत काण्डैकाण्ड मच्चाउन व्यस्त रहेको जोशीले बताए ।

राजधानीको पब्लिक युथ क्याम्पसमा नेविसंघले आयोजना गरेको कार्यक्रममा जोशीले लोकतान्त्रिक मार्गबाट आएको सरकार अधिनायकवाद शैलीमा परिणत हुँदै जनताको सार्वजनिक सम्पत्ति कब्जा गर्नमा व्यस्त रहेको बताए।

जोशीले ईतिहासको परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेविसंघ वर्तमान समयमा धमिलिदै गएको र यसबाट सच्चिन नेविसंघको राजनीति गर्ने विद्यार्थीलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ