arrow

घुस लिने १९ कर्मचारीमाथि मुद्दा दायर

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
pakrau-new.jpeg

हेटौँडा । विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् ।

कार्यलयका सूचना अधिकारी देवकुमार राईका अनुसार उक्त अबधिमा भ्रष्टचार र अनियमितताका विषयमा सबैभन्दा बढी उजुरी बारा र पर्साबाट परेको छ । उक्त अबधिमा ८१९ उजुरी परेका छन् । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेश नं ३ का नौ र प्रदेश नं २ का दुई जिल्ला गरी ११ जिल्लाबाट उक्त उजुरी परेको सूचना अधिकारी राईले जानकारी दिए ।

उनका अनुसार ती उजुरीमध्ये ४३८ उजुरीको छिनोफानो भइसकेको छ भने बाँकी ३८१ उजुरीमाथि छानबिन भइरहेको छ । कार्यालयमा परेका उजुरीमध्ये अधिकांश विकास निर्माण, आन्तरिक आयको विनियोजन, उपभोक्ता समिति तथा ठेकेदारको काम, सामाजिक सुरक्षा भत्ता तथा सार्वजानिक शिक्षा र स्वास्थ्य क्षेत्रका छन् ।

सबैभन्दा बढी बाराबाट परेको २२८ उजुरीमध्ये ८९ वटाको छनोफानो भइसकेको छ । त्यस्तै पर्साका १९५ उजुरीमध्ये ९१ बटाको छिनोफानो भइसकेको छ । मकवानपुरको १३२ उजुरीमध्ये ५९ वटाको छिनोफानो भइसकेको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ