arrow

स्थानीय तहमा हुने भ्रष्टाचार रोक्नपर्छ : रक्षामन्त्री पोखरेल

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७६ वैशाख १५ आइतबार
pokhrel6.jpg

कञ्चनपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय  तहमा हुने भ्रष्टाचार रोक्नुपर्ने बताएका छन् । आइतबार कञ्चनपुरको बेदकोट नगरपालिकाको नवनिर्मित भवन तथा चौथो नगर सभाको उद्घाटन गर्दै नेकपाका नेता समेत रहेका रक्षा मन्त्री पोखरेलले स्थानीय  तहमा हुने भ्रष्टाचार रोक्नुपर्ने बताएका हुन् ।

भ्रष्टाचार कुनैपनि हालतमा लिप्त नहुने समेत उनले कर्मचारी र जनप्रतिनिधीसँग आग्रह गरे । जनता जनप्रतिनिधीका सम्पत्ति भएकाले जनताको भावना र मर्म अनुसार काम गनुपर्नेमा जोडदिएका छन् ।

मन्त्री पोखरेलले सरकारले भूउपयोग नीति बनाएरै कस्तो जमिनमा के उत्पादन गर्ने ? भन्ने विषयमा नीति बनिरहेको बताए । बर्तमान सरकारले कृषि सहित रोजगारी, पर्यटन, जलस्रोत र पुर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताए ।

मन्त्री पोखरेलले संविधानमा भएका अधिकार सदुपयोग गरेर स्थानीय सरकार चुस्त दुरुस्त बनाउन समेत आग्रह गरे । ‘अब सिहदरबारको अधिकार तपाईकै हातमा पुगेको छ, ‘मन्त्री पोखरेलले भने, ‘प्राप्त अधिकार सही सदुपयोग गरेर जनतालाई विश्वासमा लिनुहोस ।’ जनप्रतिनिधि जनताका साझा सम्पत्ति भएकाले जनताका खबरदारी तथा निगरानीलाई स्वीकार गर्न सक्नुपर्ने कुरा औल्याएका छन् ।

संविधानले प्रदेश र स्थानीय सरकारलाई थुप्रै अधिकार दिएकाले विकासका लागि माथिको मुख नताक्न समेत मन्त्री पोखरेलले अनुरोध गरे । ठुला योजना बाहेक स्थानीय र प्रदेश सरकारले हेनुपर्ने भएकाले जनताको अपेक्षा अनुसार विकास  निर्माणका कार्य अघि बढाउनुपर्नेमा जोडदिए ।

बेदकोट नगरपालिका प्रमुख अशोक चन्दले स्व.भागरथी देवि बोहराले दिएको जमिनमा नयाँ भवन निर्माण गरिएको बताए । चार करोड ९२ लाख अनुमानित लागत रहेको उक्त भवन तीन करोड २५ लाखमा वाईआर शनिदेव मित्र जेभीसँग ठेक्का सम्झौता भएको थियो । नगर प्रमुख चन्दले बेदकोट नगरमा थुप्रै विकास निर्माणका काम अघि बढेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ