arrow

मानव ओसारपसारको मुख्य मार्ग बन्दै पुनर्वास ,सीमाबाट दुई महिलाको उद्धार

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ वैशाख १५ आइतबार
pakrau3.jpg

पुनर्वास । कञ्चनपुरको पुनर्वास हुँदै भारत कटाउन लागिएका  दुई महिलालाई नेपाल भारत सीमा नाकाबाट भारतीय एसएसबीको पहलमा उद्धार गरिएको छ ।

शनिबार साँझ पख वैदेशिक रोजगारीको लागि भन्दै नेपालबाट भारत लैजादै गरेको अबस्थमा एसएसबीले चेक जाँचका क्रममा दुई जना महिलाको उद्धार गरि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पुनर्वासलाई बुझाएको हो । भारतीय एसएसबीले सशस्त्रको बोर्डर आउट पोष्टमा बुझाइएका दुई महिलाहरुलाई सशस्त्रले ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाएको छ ।
 
सीमा कटाउन लागिएका २३ र ३३ वर्षिया दुई महिलाहरु  सर्लाहीको बागमती नगरपालिका ७ घर भएको खुलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । दुई महिलाहरुलाई सीमा कटाउन  लागेका पुनर्वास नगरपालिका ५ का भिमबहादुर बोहरा प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले बताए ।

उद्धार गरिएका महिलाहरुको नाम गोप्य राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मानव ओसारपसार कार्यमा मुख्य योजनाकार भनिएका किशन रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ ।

कैलाली कञ्चनपुरका सदरमुकाम स्थित सीमा नाकाहरुमा प्रशासनले चेक जाँचमा कढाइ गरिए पछि बिगत ३ वर्ष यता चेलीबेटी बेचबिखन तथा मानव ओसारपसार को लागि पुनर्वास ट्रान्जिट बन्दै आएको छ । यस अघि पटकपटक पुनर्वास स्थित नेपाल-भारत सीमा नाकाहरुबाट दर्जनौं महिला तथा बालबालिकाहरुको उद्धार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ