arrow

वर्तमान अवस्थामा राष्ट्रियता कमजोर : शेखर कोइराला

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ वैशाख १५ आइतबार
shekhar-Koirala.jpg.jpeg

कपिलवस्तु । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाल  पञ्चायतको बेलामा भन्दा अहिले नेपालको राष्ट्रियता कमजोर भएको बताएका छन् ।  । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले  जितपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले  प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि चुनाव जित्न उग्र राष्ट्रवादका कुरा गरेपनि अहिले राष्ट्रियता माथी खलल पुग्ने खालका कामहरु गरिरहेको दावी गरे ।
 
उनले  भेनेजुएला काण्डबारे ओली प्रचण्डले अमेरिका विरुद्ध वक्त्व्य बाजी गर्दा ७५ वर्षदेखिको अमेरिकासंगको सहकार्य पनि टुटेको बताए  । सरकारको इसारामा सर्वोच्चलाई चलाउन थालिएका कारण सबैधानिक सर्वोच्चता नरहेको कोइरालाको भनाई थियो । नेपालको संविधान अनुसार शिक्षकहरु स्थानीय सरकारको मातहतमा  हुनु पर्नेमा ओली सरकारले प्रदेशको मातहतमा राखि संविधानको खिल्ली उडाएको उनले बताए ।  

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री दीप कुमार उपाध्यायले पार्टी सुदृढिकरणका लागि आफै सच्चिनु पर्ने धारणा राखे । कांग्रेसले उचित विष्लेषण नगर्दा यस अघिको निर्वाचनमा पराजय भोगेको बताए ।  

 त्यस्तै सांसद तथा केन्द्रीय सदस्य अतहर कमालले लामो समयसम्म एउटै व्यक्ति लाभको पदमा हुनु राम्रो नहुने भन्दै सबैलाई अवसर दिइनु पर्ने धारणा व्यक्त गरे संगठन वनाउनको लागी कुरा मात्र गरेर नहुने भन्दै गाउं गाउंमा जनताका  समस्या समाधान गर्नुपर्ने बताए ।

पार्टी सभापति सुरेन्द्रराज आर्चायले पार्टीमा गुट उपगुट नगरी विकासका काम गनुपर्नेमा जोड दिए ।  कार्यक्रममा  संघिय  सांसद अभिषेख प्रताप शाह पुर्व सभापति  राजेश आचार्य, सुधाखर पाण्डे, नेपाल महिला संघ जिल्ला सभापति मिना केसि, वाणगंगाका मेयर मंगल थारू, यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डे, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुर्मत न्यौपाने तरुण दलका जिल्ला सभापति शक्तिसिंह ठकुरी महासमिति सदस्यहरू दुर्गा सेन हरिराज घिमिरे, हुमाकान्त खनाल, नगर कार्यवहाक सभापति विष्णु थापा, क्षेत्रीय सचिव प्रेम नारायण पौडेल, जिल्ला समन्वय समितिका उपसंयोजक तारावती चौधरी लगायतको आतिथ्यता जिल्ला प्रवक्ता रवि काफ्लेको स्वागत, नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ