arrow

चीनमा नेपाललाई मन्त्रणा, काठमाडौंमा केपी खुसी

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
Madhav_Kumar_Nepal2.JPG.jpeg

काठमाडौं। चीन सरकारको महत्वाकाँक्षी परियोजना वेल्ट एण्ड रोड इनिसियटीभको फोरममा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा गएको प्रतिनिधीमण्डल चीनमै छ। यहि मेसोमा नेपाल चीन आर्थिक मञ्चमा थप तीन सम्झौता समेत भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी चीनमै रहँदा कार्यकारी झल्को दिने उनको छवीको नेपालमा खासगरि प्रतिपक्षीय राजनीतिक वृत्तमा आलोचना पनि भएको छ। यद्यपी उनले नेपालीमा दिएको मन्तव्यको भने चर्चा भएको छ। चीन सरकारले वेल्ट एण्ड रोड फोरममा सहभागि हुन आउनेहरुका लागि भाषामा समस्या नहोस भन्नका लागि एक दर्जन भन्दा वढी भाषामा सम्वोधन गर्न उने व्यवस्था गरेपछि यूएन पछिको दोस्रो ठूलो मानिने सो फोरममा राष्ट्रपति सहज रुपले प्रस्तुत हुन सकेकी थिइन।

वेल्ट एण्ड रोड फोरम चीन सरकारको लागि अन्तराष्ट्रियस्तरमा आफ्नो प्रभाव विस्तार गर्ने महत्वपूर्ण माध्यमको रुपमा लिने गरिन्छ। आफ्नो प्रभाव विस्तार गर्दा आफ्ना सहयोगीहरुलाई समेत सँगै सहयोग गर्ने नीति चीनले अख्तियार गरेको पाइन्छ। 

छिमेकी हुँदै दक्षिण पूर्वी एशिया, दक्षिण एशिया, मध्य एशिया, अफ्रिका, यूरोप हुँदै दक्षिण अमेरिकासम्म चीनले आफ्नो प्रभाव जमाउँदै जाने परियोजनाको रुपमा वेल्ट एण्ड रोड देखिएको छ। यो परियोजनालाई अन्तराष्ट्रियस्तरमा सफल पार्न चीनले कुटनीतिका अनेक दाउपेचहरु पनि खेल्दै आएको छ। यो परियोजना सफल पार्न विभिन्न देश भित्रको आन्तरिक राजनीतिको माइक्रो म्यानेजमेन्टसम्म अहिले चीनको प्राथमिकतामा पर्न थालेको छ। 

विकास निर्माण र समृद्धीको निम्ति स्थिरता चाहिन्छ भन्ने चीनको नीति रहेको बुझ्न गाह्रो छैन। यो स्थिरता आफ्नो परियोजना चीनमा मात्र नभइ अन्य सहयोगी देशहरुमा पनि भएमा मात्र परियोजना निर्विघ्न हुनेमा आश्वस्त हुन सकिन्छ। यसकारण पनि चीन परियोजना शुरु हुँदै गर्दा आफ्नो देशमा मात्र नभइ अन्य सहयोगी देशहरुमा पनि स्थिरताको मन्त्रणा गरिरहेको छ। यहि स्थिरताकै लागि ०७४को गतबर्ष दशैंको बेलामा कसैले भेउ समेत नपाउने गरि एमाले र माओवादीलाई एक ठाउँमा ल्याउन चीनियाँ शुभेच्छा प्रभावकारी रह्यो भन्ने कुरा अब लुकेको विषय रहेन। त्यहि जगमा नेकपाको दुई तीहाईको सरकार सञ्चालनमा छ। यसलाई स्थिरता र समृद्धीको मानक मानिएकै बेला प्रतिपक्षी दललाई समेत माथ दिनेगरि सत्तारुढ दलकै कतिपय नेताहरु सरकारप्रति आक्रामक हुने गरेका छन्। 

देशमा प्रतिपक्षी खोज्नुपर्ने बनाइएको भनेर टीकाटिप्पणी हुने गरेको बेला नेकपा भित्र प्रतिपक्षीय भूमिका झनै खोज्नुपर्ने अवस्था छ। यद्यपी कतिपय असन्तुष्टीहरु माधव नेपाल भीम रावल लगायतका नेताहरुबाट प्रकट हुने गरेको थियो। थोरैजनाले  सानो स्वरमा बोलेपनि यो सघन रुपमा प्रकट नहोस भन्ने ख्याल अहिले जति प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेका छन् त्यतिकै चासो उत्तरको छिमेकीले पनि राख्न थालेको कुटनीतिक वृत्तमा चर्चा हुन थालेको छ। 

यहि चासो सम्वोधन गर्न यस पटक वेल्ट एण्ड रोड फोरममा माधव कुमार नेपाललाई निम्त्याइएको थियो। फोरमको कार्यक्रममा सरकारका दुई मन्त्रीहरुसँगै मुस्कुराएका नेपालको तस्विर यस बीचमा चर्चामा पनि रहेको थियो। चर्चा जति सो तस्विरको बारेमा भयो त्यतिकै चर्चा माधव कुमार नेपाललाई चीनियाँ अधिकारीहरुले मनभित्रैबाट केपी ओली सरकारलाई सहयोग गर्न गरेको आग्रहको पनि भएको छ। 

राष्ट्रपति नेतृत्वको टोली नेपाल फर्कुन अघी नै नेपाल चीनियाँ पक्षसँगको मन्त्रणा पछि स्वदेश फर्किएका छन्। हेर्न वाँकी छ चीनमा भएको मन्त्रणा नेपाल आएपछि नेता नेपालले कसरी निभाउनेछन्। प्रधानमन्त्री ओलीका लागि सकारात्मक मानिएको यो मन्त्रणाले नेकपा भित्रको प्रतिपक्ष भने अझै खोज्नुपर्ने अवस्थामा पुग्ने आँकलन भने नेकपा भित्रै गरिएको छ। नेकपाका दोस्रा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई समेत मिलेर जान र जनादेश अनुसार काम गर्न पटक पटक भएको मन्त्रणा पछि नेपाललाई गरिएको मन्त्रणा नेपालको राजनीतिक स्थिरतासँगै चीनको रणनीतिक स्थिरतासँग पनि जोडिएका कारण पनि प्रधानमन्त्री केपी ओली भने फाइदामा रहने भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ