- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अछाम । जेठीले उजुरी गरेपछि फरार श्रीमान् र सौतालाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेको हो ।
नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गरेपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो ।
बहुविवाह गरी अछामबाट भागेर सुर्खेतको वीरेन्द्रनगर–६ स्थित बजारमा रहेको होटलमा बसिराखेको अवस्थामा वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।
श्रीमती बटाला (रावल) ले बहुविवाह सम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी गरेकामा दुबैलाई अछाम जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा लिई अनुसन्धान थालिएको उनले जानकारी दिए ।