arrow

जनताले अनुभूत गर्ने नीति तथा कार्यक्रम ल्याउन नेकपा सचिवालयको सुझाव

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले सरकारलाई जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् ।

पार्टीको चुनावी घोषणापत्रअनुसार समाजवादोन्मुख संविधानको मर्म र भावनालाई समेत ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउन आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले सरकारलाई सुझाव दिएको हो ।

सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संविधानमै भएको व्यवस्थानुसार हरेक जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आम जनताले अनुभूत गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन आफूहरुले सरकारलाई सुझाव दिएको जानकारी दिए । बैठकले केन्द्रीय सदस्यको कार्यविभिाजन, जनसङ्गठनको एकतालगायत विषयमा निर्णय गर्ने अपेक्षा गरेपनि कुनै निर्णय भएन । यसअघिको सचिवालय बैठकले पार्टीका जिल्ला अध्यक्ष र सचिवहरुको टुङ्गो लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ