arrow

चिनियाँ राष्ट्रपतिबाट नेपाली समकक्षी भण्डारीलाई स्वागत

logo
सुरेन्द्रबहादुर नेपाली ,
प्रकाशित २०७६ वैशाख १६ सोमबार
xi-bhandari1.jpg

चीन । चिनियाँ राष्ट्रपति सी चिनफिङले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका छन् ।  उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो ।

त्यस्तै दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी  पनि दिइएको थियो ।  राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो ।  उनले सेनाको एक समूहको अवलोकन पनि गरे। सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको सहभागिता थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ