arrow

पाल्पाको निस्दीमा जन्ती बोकेको जिप दुर्घटना, पाँचको मृत्यु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ वैशाख १६ सोमबार

पाल्पा । जिल्लाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटनामा भएको छ ।  गाउँपालिका ६ र ७ को सिमानामा जन्ती बोकेको जिप दुर्घटना भएको छ हो ।

 वडा ४ मित्यालको भिरपानीबाट जन्ती लिएर वडा ७ ज्यामिरेको हुवास फर्केको लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा चालक सहित ५ जनाको घटना स्थल मै मृत्यु भएको छ ।

वडा  ६ को अर्चले धोबला र वडा ७ ज्यामिरेको चारघरे बीचमा जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा चालक बुद्धिबल सोती, निस्दी ७ का खड्क बहादुर सोमै, देवलाल खन्गाहा, लाल बहादुर सारु र सन्त बहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ