arrow

फोरम नेपाल कपिलवस्तुमा पुन: यादव

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
forum1.jpg

कपिलवस्तु । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको सर्वसम्मात रुपमा शैलेन्द्र कुमार यादवलाई अध्यक्षमा निर्वाचित गरेका छन ।

आइतवार भएको अधिवेसनमा यादवको नेतृत्वमा ३६ सदस्य रहेको कार्यसमिति चयन गरिएको छ । अध्यक्ष सगैं जिल्ला समन्वय समितिका लागि १० वाटै स्थानिय तहका ३६ जना सदस्यहरुलाई टिका लगाई तथा गम्छाले सम्मान गर्दै फोरम नेपालका केन्द्रिय सदस्य तथा प्रदेश नं. ५ का संसदीय दलका नेता सहसराम यादव, केन्द्रिय सदस्य रामबरण यादव लगायतले सफल कार्यकालको शुभकामना दिए ।

यादवले फोरम नेपाललाई कपिलवस्तुमा सबै भन्दा शाक्तिशाली पार्टी बनाउनाको लागि दिनरात काम तथा संगठन निर्माण गर्ने बताएका छन ।

फोरम नेपालको केन्द्रीय अधिवेशन नजिक्दै गर्दा जिल्ला अधिवेशनलाई तिब्रता दिएको छ । प्रदेश नं. ५ को अधिवेसको तयारी तिब्रगतिमा भईरहेको नेताहरुले बताएका छन ।

 यहि बैशाख १८ र १९ गते फोरम नेपाल प्रदेश नं. ५ को अधिवेसन हुने भएको प्रदेश सचिव संदीप पाण्डेयले बताएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ