arrow

१४ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा पक्राउ    

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
Rape.jpg.jpeg

धनुषा । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार बालिकाउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो ।     
     
घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी बालिकालाई बलात्कार गरेको बताइएको छ । बालिकालाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ । 

इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहालका अनुसार पीडक साहलाई हिरासतमा राखी जबर्जस्ती करणीको मुद्दा चलाउने तयारी गरिएको छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ