arrow

टीएलएमका निर्देशकले संस्था डुबाएको भन्दै आनन्दवन अस्पतालका कर्मचारीहरुद्धारा छानबिनको माग

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
anandaban-hospital.jpg

काठमाडौं । ललितपुरको लेलेमा संचालित आनन्दवन अस्पतालका नयाँ निर्देशक  शोभाखर कंडेलले अस्पताललाई धरासायी बनाउँदै लगेको भन्दै अस्पतालका कर्मचारीहरुले तत्काल छानबिन गरी कार्वाही गर्न माग गरेका छन् । 

अस्पतालले दिने सेवाको स्तर घट्दै गएको भन्दै उनीहरुले यसले थप विकराल रुप नल्याओस् भन्नका लागि निवेदन दिएको पनि जनाएका छन् । 

कर्मचारीहरुले यदि छानबिन नभएमा आफूलाई ढिलो चाँडो निकाल्छन् भन्ने अनुमानमा झन् बढी भ्रष्टाचार गरी अस्पताललाई डुबाउलान् भन्ने पनि सबै अस्पताल परिवारलाई लागेको उल्लेख गरेका छन् । 

छानबिन कार्य शुरु गरेपछि उक्त कार्य नसकिएसम्म कंडेललाई निलम्बनमा राख्न समेत कर्मचारीहरुले आग्रह गरेका छन् । त्यसो नगरिए प्रमाण गायब पार्न सक्ने खतरा रहने पनि उनीहरुले उल्लेख गरेका छन् । 

आनन्दवन अस्पताल द लेप्रोसी मिसन टी एमएम नामक सन् १९५७ देखि नेपालमा काम गर्दै आएको बेलायतस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले निर्माण गरेको हो । 

सन् २००५ देखि स्वतन्त्र गैरसरकारी संस्थाको रुपमा यसले टीएमएल इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा नेपालमा कुष्टरोगीहरुका लागि विभिन्न कार्यक्रमहरुसमेत संचालन गर्दै आइरहेको छ । 

विभिन्न समयमा यस अस्पताल संचालनको लािग निर्देशकको रुपमा (कन्ट्री डाइरेक्टर) विभिन्न व्यक्तिहरुले काम गर्दै आएका थिए । 

अस्पतालको सेवा, निर्माण गरिने भौतिक पूर्वाधारहरु लगायत सबै निश्चित मापदण्ड अनुसार बनाइएकै कारण आजसम्म टिकेको भन्दै अस्पताल कर्मचारीहरुले शोभाखर कंडेल निर्देशकको रुपमा आएपछि अस्पताल ध्वस्त हुँदै गएको दावी गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ