arrow

मकालुमा यती रहेको अनुमान, भारतीय सेनाले खिच्यो पाइलाको तस्वीर

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
yeti.jpg

काठमाडौं । नेपालको मकालु हिमालमा भारतीय सेनाले ३२ इन्च लामो र १५ इन्च चौडा पाइला भेटाएको छ । सो पाइला यतीको हुन सक्ने बताइएको छ ।  मकालु हिमल आरोहणमा गएको भारतीय सेनाको एक टोलीले सो पाइला भेटाएको हो ।

भारतीय सेनाको एउटा हिमआरोहण टोलीले मकालु हिमाल क्षेत्रमा यतिको पाइला भेट्टाएको दाबी गरेको हो ।
Read more at: http://thahakhabar.com/news/68127

सेनाले हिउमा भेटिएको पाइलाको तस्वीर सोमवार ट्विटर एकाउण्टमा शेयर गरेको थियो । सेनाका अनुसार यो रहस्यमय पद चिह्न ९ अप्रिलमा सेनाले मकालु बेस क्याम्पको ५ हजार २ सय ५० मीटर उचाइमा भेटाएको हो । पहिले पनि नेपालको मकालु-बरुन नेशनल पार्कमा यती रहेको दावी गरिदै आएको छ ।

सेनालेले तस्वीर पोस्ष्ट गरेसँगै समाजिक सञ्जालमा यतीको अस्तित्वको बिषयमा बहस सुरु भएको छ । प्रयोगकर्ताहरुले यो प्रांक हो कि भन्ने पनि शंका गरेका छन् ।

भाजपा नेता तरुण विजयले सेना माथि गर्व रहेको बताउदै भने, 'यतीलाई रहस्यमय नभनियोस, उ हिममानव हो ।'

हिमालयमा यतीको बिषयलाई लिएर विभिन्न दावी गरिदै आएको छ । यती मानिस र बाँदर जस्तो देखिने र सामान्य मानव भन्दा ठुलो हुने बताइदै आएको छ ।

हिमालयलाई यतीको निवास मानिन्छ । यतीको उल्लेख पौराणिक कथाहरुमा गरिएको छ । तर अहिलेसम्म यती कतै रहेको स्पष्ट प्रमाण भने भेटिएको छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ