arrow

नेविसंघको नेतृ्त्वमा ११ विद्यार्थी संगठनद्वारा सरकार विरुद्ध प्रदर्शन

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
NSU_birodh1.jpg

काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनले सरकार विरुद्ध प्रदर्शन गरेको छ । मंगलबार राजधानीमा नेविसंघ सहितका विद्यार्थीहरुले गरेको विरोध प्रदर्शनमा उनीहरुले सरकारले दुई तिहाईको सदुपयोग गर्न नसकेको र उल्टै भ्रष्ट्राचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । 

दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएको अत्यधिक शुल्क वृद्धि, माफियाकरण रोक्‍न, व्यापारीकरणको भण्डाफोर गर्न, र महँगी, हत्या(हिंसा, बलात्कारको विरोधसहित निर्मला पन्तका हत्यारा छिट्टो पत्ता लगाउन सरकारलाई आग्रह गरिएको छ । उनीहरुले एनसेल, वाइडबडी, फोरजी काण्ड, सुनकाण्डलगायतका अर्बौं रुपैयाँको संस्थागत भ्रष्टाचारको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरिएको बताएका छन् ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहका अनुसार सरकारले जनअपेक्षा अनुरुप काम नगरेकाले विभिन्न विद्यार्थीसंघहरुले विरोध गरेका हुन् । उनका अनुसार सो आन्दोलनमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, अनेरास्ववियु पाँचौं, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी यूनियन, राष्ट्रवादी विद्यार्थी संघ र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ समेत आबद्ध थिए । प्रदर्शन माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ