म्याग्दी (गलेश्वर) । मजदुर दिवसकै दिन पुरिएर एक मजदुरको मृत्यु भएको छ । बेनी–दरबाङ्ग सडक खण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेका ३५ वर्षीय कालुराम थारू मृत्यु भएको हो ।
निर्माणाधीन सडकदेखि अन्दाजी १०-१२ मिटर माथिबाट ढुङ्गा माटोको ढिस्को खसेर पुरिँदा वर्दिया जिल्लाको मधुवन नगरपालिका– २ का थारू मृत्यु भएको छ ।
मृतकको शवलाई स्काभेटरको मदतले माटो पन्छाएर प्रहरी र स्थानीयवासीले बाहिर निकालेका छन् ।