मजदुर दिवसको दिन प्रकाशमानले भने : 'सरकार भव्यताका साथ असफल भयो'
प्रकाशित २०७६ वैशाख १८ बुधबार
244
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले दुई तिहाई मत पाएर चुनिएको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरेका छन् । विश्व मजदुर दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन काँग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले सरकार असफल केन्द्र, प्रदेश र स्थानीय तह गरी तीनै तहमा आफ्नो बहुमत हुँदा पनि ओली नेतृत्वको सरकारले केही गर्न नसकेको आरोप लगाईएको थियो ।
काठमाडौंको प्रदर्शनीमार्गमा स्थित वाल्मीकि क्याम्पसमा ट्रेड युनियन काँग्रेसको केन्द्रीय कार्यसमितिद्वारा आयोजित कार्यक्रममा काँग्रेसका नेताहरु प्रकाशमान सिंह लगायतले सम्बोधन गरेका थिए । विहान १० बजे भद्रकालीबाट सुरु भएको र्यालीमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल हेण्डीक्राप्ट तथा सिलाई बुनाई संघ लगायतका ट्रेड युनियन काँग्रेससँग आवद्ध विभिन्न संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भद्रकालीबाट सुरु भएको र्याली शहीदगेट, सुन्धारा, रत्नपार्क हुँदै वाल्मीकि क्याम्पसमा आएर कोण सभामा परिणत भएको थियो ।