arrow

कांग्रेस मजदूरको पार्टी : नेता भण्डारी

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
shankar-bhandari.jpg

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले कांग्रेस मजदूरको पार्टी भएको बताएका छन् । एक सय ३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले मजदूरको हकहित सुनिश्चित गर्नका लागि पार्टी सधैँ क्रियाशील रहेको बताए ।

उहाँले मजदूरको हकहित सुनिश्चित गर्नका लागि कांग्रेसको अगुवाइमा ट्रेड युनियनको स्थापना गरी मजदूरलाई एकताबद्ध बनाउने कार्यको थालनी भएको दाबी गरे। नेता भण्डारीले ट्रेड युनियनमा आबद्ध हुँदै मजदूर पार्टीको लक्ष्यप्रति अझ प्रतिबद्ध बन्नुपर्नेमा जोड दिए। बीपी कोइरालाको अवधारणाले अहिले मजदूरलाई सङ्गठित बनाउँदै उनीहरुको हकहितका लागि सहज वातावरण निर्माण गरेको नेता भण्डारीले बताए । बिपी कोइरालाले परिकल्पना गरेको अवधारणाले नेपालको अर्थतन्त्रलाई मजबुद बनाएर सार्थक तुल्याएको उनको भनाइ थियो ।

संविधानसभाका  पूर्वसदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, नेपाली कांग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, ट्रेड युनियन कांग्रेस तनहुँका सभापति सूर्यचन्द्र हड्खलेलगायतले मजदूरको हकहितका लागि कांग्रेसले मात्रै भूमिका खेल्न सक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ