arrow

‘वाइडबडीमा पाँच अर्ब मार्नुथियो सरकार बोलेन’ – डा लोहनी

४० प्रतिशत पनि ९ महिनामा खर्च गर्न नसकेको तर अबको १५–२० दिनमा अर्बौं रुपैयाँ खर्च गरेर चरम दुरुपयोग गर्ने दावी

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
prakash-chandra-lohani.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सरकार चरम आर्थिक दुरुपयोगतिर अग्रसर भएको आरोप लगाएका छन् । 

उनले यो सरकारले अहिलेसम्म खर्च गर्छु भनेको रकमको ४० प्रतिशत पनि ९ महिनामा खर्च गर्न नसकेको तर अबको १५–२० दिनमा अर्बौं रुपैयाँ खर्च गरेर चरम दुरुपयोग गर्ने पनि दावी गरेका छन् । 

उनले भने, ‘अब कार्यकर्ताहरुलाई भटाभट पैसा बाँडेर यसको दुरुपयोग हुन्छ । खर्च गरेको देखाइन्छ । विकासे खेती गरिन्छ । यसो गर्न पाइन्छ ?’

पैसाको दुरुपयोग गर्न नपाइने भन्दै लोहनीले भने, ‘स्वयं प्रधानमन्त्रीले नै भन्नुभएको छ ठेकेदारहरुले गर्दा काम गर्न सकिन । त्यस्ता ठेकेदार जान्दाजान्दै किन कार्वाही नगरेको ? नियन्त्रण गर्न सक्नु पर्यो नि ।’

उनले सांसदहरुले १० करोड रुपैयाँ मागेको बारेमा भनेका छन्, ‘सांसदहरु बढी नेकपाकै छन् । किन चाहियो पैसा भनेर रोक्न सक्नुपर्यो नि । सांसद कोषबाट रकम सदुपयोग–दुरुपयोगबारे छानबिन भएको छ ?’ 

वाइडबडी विमान खरिदमा भएको घोटालाबारे बोल्दै अध्यक्ष लोहनीले भने, ‘घोटालाबारे सरकार आँखा चिम्लेर बस्न मिल्छ ? संचयकोषको रकम लगानी भएको हो पाँच अर्ब । खोइ त त्यसमा छानबिन गरेको ?’

भ्रष्टाचारप्रति आक्रोशित हुँदै उनले भने, ‘छानबिन समिति त्यत्तिकै तुहाइएको छ । टाँट पल्टिँदै गएको छ नेपाल बायु सेवा निगम । संचय कोषको रकम तिर्न सक्दैनौं भनेर निगमले पत्र लेखिसकेको छ । पाँच अर्ब मार्नुपर्ने थियो त्यसैले सरकार बोलेन ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ