arrow

डर धम्की देखाउने विप्लव समूहका विष्ट हात्तीबजारबाट पक्राउ

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
biplab-maobadi.jpeg

भीमदत्तनगर । डर धम्की देखाउने विप्लव समूहका ज्ञानबहादुर विष्टलाई प्रहरीले हात्तीबजारबाट पक्राउ गरेको छ ।  प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेता विष्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले  उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले लम्साललाई कञ्चनपुरको बेलारीस्थित हात्तीबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै प्रहरीले पक्राउ गर्न खटिएका प्रहरीमाथि पनि अवरोध सिर्जना गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ