arrow

कलेजबाट घर फर्केिदै गरेकी पुष्पालाई टिपरले दियो ठक्कर, घटनास्थलमै मृत्यु

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
puspa1.jpg

बुटवल। पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

ट्राफ्रिक प्रहरी कार्यालयअनुसार बिहीबार बिहान साढे ११ बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका बार्ड नम्बर १२ तामनगरी बस्ने १८ बर्षिया पुष्पा भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । पुष्पा कलेजबाट घर फर्केदै थिईन् ।

एकै दिशाबाट जाँदै गरेका टिपरले र स्कुटीलाई  ठक्कर दिएको हो ।  प्रहरीले दुई बटा टिपरलाई नियन्त्रमा लिएको छ । कुनले ठक्कर दिएको भन्ने नखुलेकाले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ