arrow

पोखरेल डिआईजीका लागि सिफारिश

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
biswaraj.jpeg

काठमाडौँ । लागुऔषध ब्यूरो कोटेश्वरमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) का लागि सिफारिश गरिएको छ ।  गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई डिआईजी पदमा बढुवाका लागि सिफारिश गरेको हो ।

 मन्त्रालयमा बिहिबाार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका एसएसपी पोखरेललाई डिआईजी पदमा बढुवाका लागि सिफारिश गरेको हो ।

पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक पोखरेल हाल केन्द्रीय लागुऔषध ब्यूरो कोटेश्वरमा कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ