arrow

पुनःसञ्चालन हुदै तातोपानी नाका, परराष्ट्रमन्त्री भन्छन्- 'पहिलेको जस्तो खुद्रा व्यापार अब नहुनसक्छ'

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
pradeep-gyawali1.jpg

काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपतिको चीन भ्रमणबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालको विकासका प्राथमिकतामा चीनबाट सहयोग हुने बताएका छन् । ज्ञवालीले भने “कुरामात्र होइन काम पनि हुन्छ ।”

आगामी जेठ १७ गते सम्ममा तातोपानी नाका पुनःसञ्चालन गर्न चीन सरकार सहमत भएको जानकारी दिँदै उनले मालबाहक सवारीसाधान अब लार्चास्थित सुक्खा बन्दरगाहमा आउने बताए । “पहिलेको जस्तो खुद्रा व्यापार अब नहुनसक्छ,” परिवर्तित समय र सुक्खा बन्दरगाहसमेत निर्माण भएको सन्दर्भमा पुरानो ढाँचामा क्रयविक्रय नहुने बताउँदै उनले भने ।

एक जिज्ञासाको जवाफमा उनले भारतसँग नेपाल सरकारले निकट सम्पर्कमा रहेर विकासका विविध परियोजनामा काम गरिरहेको र दुई देशबीचको सम्बन्ध प्रगाढ रहेकाले चीनसँग भएका सम्झौताबाट नेपाल–भारत सम्बन्धमा कुनै किसिमको आँच नआउने स्पष्ट गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ