arrow

बेहुला र बेहुली पक्षका युवाबीच झडप, जन्ती आएका कुमालको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
Marriage-._.jpg.jpeg

गोरखा । बेहुला र बेहुली पक्षका युवाबीच झडपमा कुटपिट हुदा एक युवकको मृत्यु भएको छ ।  पालुङटार नगरपालिका–४ कुमाल गाउँमा जन्ती आएका एक युवकको कुटपिटबाट मृत्यु भएको हो ।

जन्ती आएका लमजुङ राइनसका ३४ वर्षीय विष्णुबहादुर कुमालको कुटपिटबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘बेहुला पक्षबाट आएका युवा र बेहुली पक्षका युवाबीच झगडा हुँदा कुमालको मुत्यु भएको हो,” प्रहरी उपरीक्षक भोला रावलले भने। घटनामा संलग्न भएको आरोपमा १५ जनालाई नियन्त्रणमा लिइएको छ ।

लमजुङको राइनासदेखि पालुङटारको कुमाल गाउँमा आएको जन्तीमाथी स्थानीय युवाको समूहले आक्रमण गरेको हो । बुधबार राति भएको आक्रमणमा परी गम्भीर घाइते कुमालको उपचारका क्रममा पोखरामा मुत्यु भएको प्रहरी उपरीक्षक रावलले बताए ।

घाइते कुमाललाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनामा संलग्नलाई कारवाहीको माग गर्दै लमजुङबाट आएको युवाको समूहले बिहिबार इलाका प्रहरी कार्यालय पालुङटार घेराउ गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ