arrow

बारीको कान्लाबाट टायर गुडेर आयो, मोटरसाइकल सवार दुई घाइते

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
Tyre-Running.jpg

विदुर । बारीको कान्लाबाट गुडेर आएको टायरले लागि मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।  नुवाकोटको विदुर नगरपालिका–५ मा टायर  कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका हुन् ।  

पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परी चालक ४९ वर्षीय जयराम मगर सामान्य घाइते र पछाडि सवार ४० वर्षीया मखमली थापा मगर गम्भीर घाइते भएको बताइएको छ ।  प्रहरीका अनुसार घाइते जयरााको विदुरस्थित चक्रदेव पोलिक्लिनिकमा सामान्य उपचार भएको र मखमलीलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ