काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केफि शर्मा ओलीलाई प्रश्न गरेका छन्। तपाई देशको प्रम की दमकको मेयर?
उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयको पत्रमा योजना आयोगलाई दमकमा योजनाहरु पारिदिनु भनी दिएको निवेदनको फोटो राखेर ट्विट गर्दै प्रश्न गरेका हुन्।
प्रधानमन्त्रीले योजना आयोगलाई लेखेको पत्र सार्वजनिक भएपछि बिभिन्न प्रतिकृयाहरु आउने क्रममा कांग्रेस प्रवक्ताले पनि प्रश्न गरेका छन्।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019
प्रधानमन्त्रीले सबै कार्यक्रमहरु आफ्नो निर्वाचन क्षेत्रका लागि मात्र मागेकाले झापाबाट राजनीति गर्ने कांग्रेस प्रवक्ताले प्रश्न गरेका छन्। दमक वरपरका लागि धेरै कार्यक्रम माग भएकोले पनि दमकका मेयर की देशको प्रम भनेर प्रश्न गरेका हुन्।