arrow

लोकसभा चुनावको बाँकी ३ चरणको मतदान विहान साढे ४ बजेदेखि !

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
loksabha7.jpg

नयाँ दिल्ली । ‘लू’ र रमजानलाई ध्यानमा राख्दै लोकसभा चुनावको बाँकी चरणहरुको चुनावको मतदान विहान साढे ४ वा ५ बजेदेखि सुरु गर्न गरिएको माग माथि भारतको सर्वाेच्च अदालतले सकारात्मक संकेत गरेको छ । दुई कारण देखाउँदै परेको मतमाथि छानविन गरी निर्वाचन आयोगको नाममा दिईएको आदेशमा सम्भव भएसम्म प्रस्तावकको माग बमोजिम विहान ७ बजेदेखि हुँदै आएको चुनाव विहान साढे ४ वा ५ बजेदेखि सुरु गर्न भनिएको छ । 

बिहीबार सर्वाेच्चले चुनाव आयोगलाई भनेको छ कि यस बारेमा आवश्यक आदेश जारी गरियोस् । प्रधानन्यायाधीश रंजन गोगोई, न्यायाधीशहरु दीपक गुप्ता र न्यायाधीश संजीव खन्नाको इजलासको सामु यस सिलसिलामा एक याचिकामाथि शीघ्र सुनवाईको अनुरोध गरिएको थियो । 

पीठले भनेको छ कि, ‘चुनाव आयोगलाई आवश्यक आदेश जारी गर्न निर्देशन दिईन्छ ।’ यो याचिका अधिवक्ता मोहम्मद निजामुद्दीन पाशा र असद हयातले दायर गरेका थिए । जसमा चुनावको बाँकी चरणको मतदान मतदानको समय बिहान सात बजेको ठाउँमा साढे २ घण्टा पहिले विहान साढे ४ वा ५ बजेदेखि सुरु गर्न माग गरिएको थियो । 

याचिकाकर्ताहरुले चुनाव आयोगलाई लोकसभा चुनावको पाँचौं, छैठौं र सातौं चरणको मतदानका लागि मतदानको समय अघि सार्न निर्देशन दिन माग गर्दै मुद्दा दायर गरेका थिए । बाँकी ३ चरणको चुनाव ६ मे, १२ मे र १९ मे मा मतदान हुँदैछ । याचिकामा भनिएको छ कि चुनावको यो शेष चरणहरुको दिन देशको विभिन्न स्थानहरुमा लू चल्ने र रमजानको महिना समेत हुने भएकोले पनि यी चुनावहरु केही अघि सार्न भनिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ