arrow

आकाश हेर्दै गहुँ काट्दै

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
ranipur.png

दैलेख । दैलेखका विभिन्न स्थानमा लगातार परेको असिना पानीले गहुँबालीमा क्षति पुगेपछि असिना नपरेका स्थानका किसान अहिले अलीअली बचेको गहुँबाली घर भित्र्याउन व्यस्त छन्  ।

दैलेख र जाजरकोटको सिमानामा पर्ने जगनाथ र पगनाथका एक हजार बढी किसान असिना पानीबाट जोगाउन आकाश हेर्दै गहुँ काट्न व्यस्त भएका हुन् । गहुँ काट्ने, काटेको गहुँ मुठा पार्ने, मुठा पारेको गहुँ भारी बनाएर बोकेर घरमा ल्याउन उनीहरु तल्लिन छन् ।

बारीमा गहुँ काट्दै गर्दा एक्कासि असिना आइदिने हो कि भनेर आकाशतिर हेर्दै बाली काट्नुपर्ने बाध्यता छ । जगनाथ र पगनाथ क्षेत्रका किसानको मकै पछिको  मुख्य बाली नै गहुँबाली रहेको छ । गहुँले किसानलाई तीन महीनासम्म जेनतेन धान्ने गरेको स्थानीय नेत्रबहादुर थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ