arrow

राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ , एक आश्चर्य !

राष्ट्रपतिले बुझ्नुपर्ने कुरा, 'उनी राजा होइनन, सरकार उनको होइन यो नेपाल सरकार हो '

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार

काठमाडौं। राष्ट्रपति विद्या देवि भण्डारीले संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७६-७७को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन्। उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर नेपाल सरकारलाई सम्बोधन गरेकी हुन्।

सामाजिक संजालमा राष्ट्रपतिले भनेको ‘मेरो सरकार’ प्रति प्रश्न उठेको छ। नेपाल सरकारलाई ‘मेरो सरकार’ भन्दा सुन्नेहरुलाई अफठ्यारो महशुस भएको छ। गणतन्त्र आउनु अघि नेपालमा ‘श्री ५ को सरकार’ रहँदा राजाहरुले ‘मेरो सरकार’ भन्ने गरेका थिए।  यसरी नेपाल सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्छ ?

तत्कालिन राजाहरूको पालामा श्री ५को सरकार भनिने कारणबाट राजाहरुले तीति तथा कार्यक्रम वाचन गर्दा मेरो सरकार भन्ने गर्दथे । राष्ट्रपति भण्डारीले पनि राजाकै शैलीमा मेरो सरकार भनेर सम्बोधन गरेपछि उनमा पनि राजा बन्ने मोह पलाएको हो की भन्ने आशंका पैदा भएको छI

राजतन्त्र अन्त्य भएर गणतन्त्र आएपछि श्री ५को सरकारको ठाउँमा नेपाल सरकार लेखिन थालिएको छ । राष्ट्रपतिले पनि नेपाल सरकार नै भन्ने चलन रहि आएको थियो ।

राष्ट्रपति जननिर्वाचित संसदबाट निर्वाचित हुँने पद हुँने कारणले जनताको प्रतिनिधित्व गर्ने उच्च पद हो । नेपाली जनताले चुनेको पदमा रहेकी राष्ट्रपतिले नेपाल सरकार भन्नु पर्नेमा ‘मेरो सरकार’ भन्नु आफैमा आश्चर्यको बिषय हो।

प्रथम राष्ट्रपति डा रामवरण यादवले पनि सरकारलाई कहिल्यै मेरो सरकार भनेनन् I तर भण्डारीको अभिव्यक्तिले कतै हामी आलंकारीक राष्ट्रपतिले कार्यकारीको हैसियतमा अभ्यास गर्न खोजेको त होइन भन्ने पनि प्रश्न जन्माएको छI

यसअघि कहिल्यै पनि राष्टर्पतिले ‘मेरो सरकार’ भनेको सुनिएको थिएन। यसरी सम्बोधन गराउनु पछाडिको कारण नेपाल सरकारले चित्त बुझदो जवाफ दिइनु पर्छ ।

गणतन्त्र आईसकेपछि पनि राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुलाई राष्ट्रपति शक्तिशाली हुन खोजेको प्रति ईंगित गरेको छ भन्ने टिप्पणीहरु देखिन थालेका छन्। राष्ट्रपति कार्यलय र नेपाल सरकारले यसबारे तत्काल जवाफ दिनुपर्छ।

नीति तथा कार्यक्रम वाचन गर्दा सम्माननीय पदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई माननीय मात्र भनिनु जननिर्वाचितहरुको अपमानको रूपमा स्वयं नेकपा भित्र पनि असन्तुष्टी देखिएको छ ।

राष्ट्रपतिको यो विवादास्पद अभिव्यक्ति नेपाल सरकार तथा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हो । के केपी ओली राष्ट्रपतिलाई विवादमा तान्ने वा उनलाई नयाँ राजा बनाउन लागिपरेका हुन यसको जवाफ नागरिकले खोजेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ