arrow

गगन थापाले नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्ने ठाउँ खोजे !!

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिको नीति तथा कार्यक्रम सम्बोधनमा ‘मेरो सरकार’ प्रति प्रश्न उठाएका छन्। उनले आफु संसदमा नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न आएको तर राष्टर्पतिको निजी कार्यक्रम घोषणा भएको बताएका छन्।

उनले प्रधान्मनत्रीलाई ट्विटरमा सोधेका छन् – म नेपा सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ जाउँ ? गगन थापा मात्र होईन सामाजिक संजालमा राष्ट्रपतिको मेरो सरकार पर्ति ब्यंग र रोष प्रकट शुरु भएको छ।

नेपाल सरकारले राष्ट्रपतिको सम्बोधनमा लेखिएको ‘मेरो सरकार’ को उचित जवाफको अपेक्षा सर्वसाधारणले गरेका छन्।

गगन लेख्छन:

‘म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति  तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’

म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?

— Gagan Thapa (@thapagk) May 3, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ